सेञ्चुरी क्यापिटल मार्केटको लगानीकर्ता सचेतना कार्यक्रम
काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट लिमिटेड कमलादी काठमाडौंले लगानीकर्ता सचेतना तथा अभिवृद्धि कार्यक्रम ताम्राकार पार्टी भेन्यु पनौतीमा सम्पन्न गरेको छ । धितोपत्र नियमन निकायको अन्तर्राष्ट्रिय संस्था (आईओएससीओको आह्वानमा २०७९ असोज २६ गतेदेखि कात्तिक १ गतेसम्म धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी देशव्यापीरूपमा सचेतना कार्यक्रम भइरहेको छ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका पनौती शाखा प्रमुख नवीन माकाजुको संयोजकत्वमा सञ्चालित उक्त सचेतना कार्यक्रममा सेञ्चुरी क्यापिटल मार्केट लिमिटेडका लगानी व्यवस्थापन प्रमुख अञ्जु महर्जनले सेयर बजारसम्बन्धी बेसिक, फन्डामेन्टल र टेक्निकल एनालाईसीस अफ सेक्युरिटिज मार्केट विषयमा प्रशिक्षण दिएका थिए । साथै धितोपत्र बजारमा जोखिमरहित लगानीका लागि महत्वपूर्ण सुझाव तथा जानकारीहरू दिए ।
महर्जनले दोस्रो बजारमा धितोपत्र कारोबार गर्दा कम्पनीको वित्तीय विवरण तथा कम्पनीको व्यवस्थापन हेरेर मात्र लगानी गर्न सुझाव दिए । साथै लगानी गर्ने तीव्र इच्छा भएर पनि समय र ज्ञानको अभाव भएमा क्यापिटलले लगानी व्यवस्थापन गरिदिने जानकारी दिए । क्यापिटलका वित्त व्यवस्थापन प्रमुख मञ्जुषा श्रेष्ठले कार्यक्रमको उद्देश्य तथा महत्वबारे प्रकाश पारिन् । साथै श्रेष्ठले हितग्राही खाता संचालन, सेयर अभौतिकीकरण तथा लगानी व्यवस्थापन सम्बन्धमा क्यापिटलबाट निःशुल्क परामर्श तथा सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दै जानकारी दिइन् ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड धुलिखेलका शाखा प्रबन्धक हरिकृष्ण दाहालले हितग्राही खाता तथा मेरो सेयरको सेवा बैंकका शाखा कार्यालयबाट प्रदान गर्दै आएको र लगानी व्यवस्थापनमा समेत बैंकको शाखामार्फत सहजीकरण गरिने जानकारी दिए । कार्यक्रममा सेयर लगानीकर्ता, बैंकर्स, उद्योगी, व्यापारी, सहकारीकर्मी, विद्यार्थी तथा सेञ्चुरी कमर्सियल बैंकका पनौती, बनेपा, नाला, साँगाका शाखा प्रबन्धक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिको लागि समय समयमा सेयर तथा पुँजी बजारसँग सम्बन्धित तालिम, वर्कसप तथा सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
सेञ्चुरी क्यापिटल मार्केट लिमिटेड सेञ्चुरी कमर्सियल बैंकद्वारा प्रवद्र्धित मर्चेन्ट बैंकर हो । बैंकले आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको कुल शाखा एक सय ४८ पुगेको छ भने १० वटा एक्सटेन्सन काउन्टर २४ वटा शाखारहित बैंकिङ र एक सय १५ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता
- हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
- विश्व बजारमा गहुँ र मकैको मूल्य बढ्यो
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया