Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकमा मुद्दती खाता खोल्दा सबैभन्दा बढी फाइदा

एनआईसी एसिया बैंकमा मुद्दती खाता खोल्दा सबैभन्दा बढी फाइदा


काठमाण्डौँ,फागुन २०
एनआईसी एसिया बैंककले मुद्दती खातामा उच्च ब्याजदरसँगै २१ लाख रूपैयाँसम्मको बीमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताको रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यू सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बीमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न अविस्वासनीय सुविधाहरू दिँदै आएको बैंकको व्याक्तिगत मुद्दती खातामा ग्राहक महानुभावहरूको लागि तीन विभिन्न अतुलनीय बीमा सुविधा दिएको छ । जसले परम्परागतरूपमा रहेको मुद्दती निक्षेप खाताको परिभाषा नै फेरिदिएको छ ।बैंकले ग्राहक महानुभावहरूको सुविधाको लागि न्यू सुपर चामत्कारिक मुद्दती निक्षेप खातामार्फत जीवनमा आइपर्न सक्ने अकल्पनीय जोखिमको भरपाई गर्न २१ लाख रूपैयाँसम्मको चामत्कारिक बीमा सुविधा दिएको छ । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरूपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, ग्राहक महानुभावले १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्म र १ लाख रूपैयाँसम्मको औषधि उपचार बीमा सुविधा पाउन सक्नेछन् । ग्राहक महानुभावले बहिरङ्ग (ओपडी) उपचार गर्नुपरेमा २० हजार रूपैयाँसम्मको सुविधा लिन सकिनेछ । यो २० हजारले डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधिलगायतका काममा खर्च गर्न सक्नेछन् । ग्राहक सिकिस्त बिरामी भई अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएमा बैंकले ८० हजार रूपैयाँसम्म बीमाबाटै खर्च गर्न सकिनेछ ।
बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म एक सय दुई जना ग्राहकले यो सुविधाबाट ६० लाखभन्दा बढीको बीमा रकम प्राप्त गरिसकेका छन् । एनआईसी एसिया बैंकमा मुद्दती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती योजना रहेकोले आफ्ना ग्राहकवर्गहरूको लागि निकै फाइदा पुग्ने बैंकले विश्वास लिएको छ । २१ लाखसम्मको बीमा सर्वसाधारण आफैँले गर्नुपरेमा करिब १४ हजार रूपैयाँ बीमा शुल्क तिर्नुपर्ने हुन्छ । तर, यस न्यू सुपर चामत्कारिक योजनाअन्तर्गत बैंक स्वयम्ले उक्त बीमा सुविधाबापत लाग्ने बीमा शुल्क (प्रिमियम) सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बैंकले सम्झौता गरेअनुरूप भुक्तानी गरिदिन्छ । जसले गर्दा ग्राहकले कुनै पनि अतिरिक्त शुल्क खर्च नगरी १४ हजार रूपैयाँको सेवा लिन सक्नेछन् ।

न्यूनतम एक लाख वा सोभन्दा बढीको मुद्दती निक्षेप खातामा भने १२ लाख ५० हजार रूपैयाँसम्म बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरूपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, ग्राहक महानुभावले १८ घातक रोगहरूको लागि २ लाख रूपैयाँसम्म र ५० हजार रूपैयाँसम्मको औषधि उपचार बीमा सुविधा पाउन सक्नेछन् ।
ग्राहक महानुभावहरूले न्यू सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा यो फाइदा लिन सक्नुहुनेछ । बैंकर्स संघमा भएको भद्र सहमतिअनुसार बैंहरूले मुद्दती निक्षेप खातामा नौ दशमलव २५ प्रतिशतसम्म ब्याज पाउनेछन् । त्यसमा शाखाप्रमुखले बढीमा शून्य दशमलव पाँच प्रतिशतसम्म ब्याजदर थप्न सक्छन् । त्यसैले प्राय सबै बैंकले मुद्दती निक्षेप खातामा बढीमा नौ दशमलव ७५ प्रतिशतसम्म ब्याज दिन्छन् । एनआईसी एसिया बैंकले भने सर्वाधिक उच्च ब्याजदरसँगै आफ्ना ग्राहकवर्गको फाइदाको लागि २१ लाख रूपैयाँसम्मको बीमा सुविधा थप गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार


तपाईको प्रतिक्रिया