मल्टीपर्पस फाइनान्सको नाफा चार लाख १८ हजार
काठमाडौं । मल्टीपर्पस फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार लाख १८ हजार एक सय १३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा एक लाख ५२ हजार दुई सय २४ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासिक अवधिमा एक अर्ब तीन करोड २६ लाख ४४ हजार नौ सय ७६ रुपैयाँ निक्षेप संकलन गरी ७८ करोड ९० लाख ९१ हजार छ सय २६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४९ लाख छ हजार चार सय ८२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव २२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ७६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले ३५ करोड ३५ लाख १८ हजार एक सय पाँच रुपैयाँ निक्षेप संकलन गरी ४३ करोड १५ लाख ४९ हजार चार सय ११ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५० लाख ८८ हजार तीन सय ८० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव २५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ७२ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
- धरौटिमा छुटे दिपेश पुन
- अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
- नेपालमा अर्थतन्त्रका चुनौतीहरू
- भूकम्पका दश वर्ष पुनर्निर्माण अलपत्र
- प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
- लाभांश बाड्न नसक्ने अवस्थामा फाइनान्स कम्पनीहरु
- १६औँ योजनामा आर्थिक वृद्धिको लक्ष्य घटाइयो
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया