Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकको नयाँ शाखा बिरौटा पोखरामा

एभरेष्ट बैंकको नयाँ शाखा बिरौटा पोखरामा


काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउनका लागि बिरौटा पोखरामा आफ्नो एक सय २२औँ शाखा उद्घाटन गरेको छ ।

उक्त शाखाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा योजानविद् डा. गणेश गुरुङ र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्तरूपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष श्री पवन प्रजापति, भारतीय पेन्सन क्याम्पका सहमहासेनानी शशांक त्रिपाठी, बैंकका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक सुधिर गौतम तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

सो उद्घाटन समारोहमा अर्थविद् डा. गणेश गुरुङले पंजाब नेशनल बैंक भारतसँग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहज हुने तथा नेपाल सरकारको राजस्व संकलन गर्नु र बैंकिङ क्षेत्रमै कम खराब कर्जा रहेको यस बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्नुका साथै यस क्षेत्रका व्यवसायी, भारतीय पेन्सनरहरूका साथै स्थानीय बासिन्दालाई बैंकिङ कारोबारमा थप सहज हुने कुरा व्यक्त गरे । योसँगै गण्डकी प्रदेशमा बैंकको शाखा संख्या १२ पुगको छ ।

स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय २२ वटा शाखा सञ्जाल, तीनवटा एक्सटेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालयहरू, एक सय ५७ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया