Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसामुदायिक लघुवित्तले कमायो ९६ लाख ७४ हजार

सामुदायिक लघुवित्तले कमायो ९६ लाख ७४ हजार


काठमाडौं  । सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ९६ लाख ७४ हजार रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड पाँच लाख ४१ हजार रुपैंयाँ रहेको थियो ।

हाल चुक्ता पुंजी १३ करोड २० लाख रुपैंयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा ५९ करोड ७७ लाख ६१ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक अर्ब ६३ करोड ६२ लाख ७८ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड १८ लाख ७६ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ४४ लाख ६८ हजार रुपैंयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात पाँच दशमलव ६२ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ५२ करोड २२ लाख ७४ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक अर्ब ३८ करोड ७० हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड ७३ लाख तीन हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेकोमा प्रोभिजन रकम १४ लाख ६७ हजार रुपैंयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ६६ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया