Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफर्ष्ट माइक्रोफाइनान्सको पहिलो त्रैमासिक नाफा छ करोड ३७ लाख

फर्ष्ट माइक्रोफाइनान्सको पहिलो त्रैमासिक नाफा छ करोड ३७ लाख


काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा छ करोड ३७ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड ९४ लाख १५ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा १० अर्ब ३६ करोड एक लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गर्दा १२ करोड एक लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो अवधिमा निष्क्रिय कर्जा शून्य रहेको संस्थाको वितरणयोग्य नाफा भने दुई करोड ३४ लाख ९० हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले १० अर्ब ३९ करोड २१ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा छ करोड छ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा संस्थामा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया