Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलुम्बिनी विकास बैंकले १२ प्रतिशत लाभांश दिने

लुम्बिनी विकास बैंकले १२ प्रतिशत लाभांश दिने


काठमाडौं । लुम्बिनी विकास बैंकले १२ प्रतिशत अर्थात् ३९ करोड ४१ लाख १५ हजार एक सय एक रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ । यही मंसिर २ गते बसेको सञ्चालक समितिको चार सय ३५औँ बैठकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी तीन अर्ब २८ करोड ४२ लाख ९२ हजार पाँच सय १० रुपैयाँमध्येबाट उक्त परिमाणमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

घोषित लाभांशमध्येमा नौ प्रतिशत अर्थात् २९ करोड ५५ लाख ८६ हजार तीन सय २५ रुपैयाँबराबरको नगद लाभांश र तीन प्रतिशत अर्थात् नौ करोड ८५ लाख २८ हजार सात सय ७५ रुपैयाँबराबरको बोनस सेयर रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैंठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया