Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई जनरल इन्स्योरेन्सले छ दशमलव ८४ प्रतिशत लाभांश दिने

आईएमई जनरल इन्स्योरेन्सले छ दशमलव ८४ प्रतिशत लाभांश दिने


काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले बोनस तथा नगद समेत गरी छ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको यही मंसिर पाँच गते सोमबार बसेको सञ्चालक समितिको एक सय २७औँ बैठकले कम्पनीको वितरणयोग्य मुनाफा समेतबाट हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ७० करोड १६ लाख ५१ हजार चार सय २० रुपैयाँमध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

घोषित लाभांशमध्येमा छ दशमलव ५० प्रतिशत अर्थात् ११ करोड छ लाख सात हजार तीन सय ४२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको शून्य दशमलव ३४ प्रतिशत अर्थात् ५८ लाख २१ हजार चार सय ३९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया