Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै


काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा अप्लाई लोनमा क्लिक गरी आवश्यक विवरणहरू भरेपछि मुद्दती निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन् ।

अनलाइनबाट आवेदन दिएको मुद्दती निक्षेप कर्जा, मुद्दती रकमको बढिमा ९५ प्रतिशत वा अधिकतम पाँच लाखमध्ये जुन कम हुन्छ, उक्त रकम तुरुन्तै प्राप्त गर्न सक्नेछन् । हाल बैंकले रेमिट्यान्स मुद्दतीमा १३ दशमलव ५१ प्र्रतिशत मुद्दतीमा १२ दशमलव १३ प्रतिशत रेमिट्यान्स बचत खातामा १० दशमलव १३ प्रतिशत र बचत खाताहरूमा नौं दशमलव १३ प्रतिशतसम्मको व्याजदर प्रदान गर्दै आइरहेको छ । बैंकको सातै प्रदेशमा एक सय ३० वटा शाखा कार्यालयहरू र एक सय २३ वटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया