काठमाडौं । सेयरबजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन तीन दशमलव ५१ अंकले ओरालो लागेर ८४ करोड ३६ लाख रुपैंयाँको सेयर कारोबार भएकोमा साताको अन्तिम कारोबार दिन आज बिहिबार भने यि दुबै सुचक बढेका छन् । बजार परिसुचक आज ११ दशमलव २२ अंकले उकालो लागेर १९ सय ६१ दशमलव छ बिन्दुमा चढ्न सफल भएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८२ अंकले उकालो लागेर तीन सय ८३ दशमलव ६६ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ४१ वटा कम्म्पनीहरुको सेयर किनबेच भएको छ । जसबाट २१ हजार एक सय ८६ पटकको कारोबारमा ३८ लाख ६५ हजार नौं सय ६१ कित्ता सेयर खरिद बिक्री भएको छ । सोही आधारमा आज कुल कारोबार रकम एक अर्ब ३२ करोड २९ लाख ७२ हजार एक सय ८५ रुपैंयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।
क्याटेगोरी : breaking, वित्त पूँजी बजार
ताजा अपडेट
- पर्यावरण संरक्षणमा सिमसारको महत्व
- एकीकृत कार्ययोजना कार्यान्वयनको अपेक्षा
- एमडीएमएस प्रणाली तत्काल लागू गर्न माग
- ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन चेम्बरको सुझाव
- सोलु दुधकोशी आयोजनाको परीक्षण सुरु
- सडक नै नपुगेको पालिकाको इन्धन खर्च पाँच लाख !
- समसामयिक राजनीतिक व्यङ्ग्य
- नौ वाणिज्य बैंक कारबाहीमा
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया