एभरेष्ट बैंकको एक सय २३औँ शाखा लालबन्दीमा
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा सहरहरूमा रहेका ग्राहकहरूलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ बिहीबार सर्लाहीको लालबन्दीमा आफ्नो एक सय २३औँ शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्तरूपमा गरेका छन् ।
उद्घाटन समारोहमा लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र कुमार बलमपाकी, लालबन्दी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष लाल बहादुर योञ्जन, हुलास गु्रपका महाप्रबन्धक मोती लाल टटेर, बैंकका मधेश प्रदेशका प्रादेशिक–प्रबन्धक विभूति न्यौपाने साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । सो उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले लालबन्दी र सो आसपासका बासिन्दाहरूलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् । योसँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १३ पुगको छ । साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिवशक्ति माध्यामिक विद्यालय, गाउँपालिका वडा नं. ४, धनुषामा ई–पुस्तकालय निर्माणको लागि आफन्त नेपाललाई ५० हजार रूपैयाँको चेक समेत हस्तान्तरण गरेको छ । एक समारोहका बीच बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आफन्त नेपालका प्रबन्ध निर्देशक जय प्रकाश मण्डललाई सो चेक हस्तान्तरण गरेका हुन् ।
स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नोे एक सय २३ वटा शाखा सञ्जाल, तीनवटा एक्सटेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालयहरू, एक सय ५७ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- पर्यावरण संरक्षणमा सिमसारको महत्व
- एकीकृत कार्ययोजना कार्यान्वयनको अपेक्षा
- एमडीएमएस प्रणाली तत्काल लागू गर्न माग
- ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन चेम्बरको सुझाव
- सोलु दुधकोशी आयोजनाको परीक्षण सुरु
- सडक नै नपुगेको पालिकाको इन्धन खर्च पाँच लाख !
- समसामयिक राजनीतिक व्यङ्ग्य
- नौ वाणिज्य बैंक कारबाहीमा
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया