फरवार्ड माइक्रोफाइनान्सको सेयर दाखिला बन्द हुने
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर दाखिला एवं खारेजी बन्द हुने भएको छ । संस्थाका अनुसार १०औँ वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि संस्थाको यही पुस १७ गते सेयर दाखिल खारेज किताब बन्द हुन लागेको हो ।
वार्षिक साधारणसभामार्फत संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नुका अतिरिक्त लाभांश वितरणलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ । संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड तीन लाख ७७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा आठ करोड ३९ लाख २४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा आठ अर्ब २१ करोड ३५ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८७ करोड ७६ लाख १९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड ६६ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ८३ लाख ७४ हजार रुपैयाँ छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ६० प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले सात अर्ब पाँच करोड आठ लाख आठ हजार रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ७५ करोड तीन लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २७ करोड २५ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १२ करोड ५६ लाख १६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ७२ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया