काठमाडौं । प्राइम कमर्सियल बैंकको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठको सभापतित्वमा काठमाडौंमा बैंकले बिहीबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । सञ्चालक समितिले सिफारिस गरेबमोजिम बैंकको चुक्ता पुँजीको चार दशमलव ९५ प्रतिशतका दरले नगद लाभांश र चुक्ता पुँजीको चार प्रतिशतका दरले बोनस सेयर दिने निर्णय भएको छ । चुक्ता पुँजीको चार प्रतिशतका दरले बोनस सेयर दिएपछि बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोडभन्दा बढी हुनेछ ।
बैंकको नियमावलीअनुसार उक्त सभाबाट संस्थापक सेयरधनीहरूको तर्फबाट तीन जना सञ्चालकहरूमा राजेन्द्र दास श्रेष्ठ, उदय मोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट दुई जना सञ्चालकहरूमा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन् ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया