Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज बैंक र जीएमई रेमिट्यान्सबीच सम्झौता

सनराइज बैंक र जीएमई रेमिट्यान्सबीच सम्झौता


काठमाडौं, फागुन २९
सनराइज बैंक लिमिटेड र जीएमई रेमिट्यान्सबीच रेमिट्यान्स कारोबारमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएएमईका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुक्तरूपमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सनराइज बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूले सनराइज रेमिटमार्फत पठाएको रक जीएमईका नेपालभर रहेका आठ हजारभन्दा बढी एजेन्टबाट छिटो, छरितो तरिकाले पाउनेछन् । यसैगरी ग्राहकले सनराइज रेमिटमार्पmत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्नेछन् । हाल सनराईजले एक सय ३० वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ सेवा, नौवटा एक्सटेन्सन काउन्टर र एक सय ५४ वटा एटीएममार्फत आफ्ना करिब छ लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया