प्राइम कमर्सियल बैंकका अध्यक्ष श्रेष्ठद्वारा शपथग्रहण
काठमाडौं । प्राइम कमर्सियल बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्राइम बैंक सञ्चालक समितिको यही पुस २९ गते बसेको सञ्चालक समितिको चार सय ५९औँ बैठकबाट सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा चयन भएका श्रेष्ठले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १२७ (२) बमोजिम बिहीबार एक समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।
नेपाल राष्ट्र बैंकमा आयोजित उक्त समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक देवकुमार ढकाल, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, प्राइम कमर्सियल बैंकका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया