‘पाँच वर्षभित्रमा बीमा व्यवसाय दोब्बरले वृद्धि गर्नेगरी काम गर्नुहोस्’
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पाँच वर्षभित्रमा बीमा व्यवसाय दोब्बरले वृद्धि गर्ने परिकल्पनाका साथ काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बिहीबार निर्जीवन बीमकसँग भएको बीमा अभिकर्ता व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले उक्त निर्देशन दिएका हुन् । कार्यक्रममा अध्यक्ष सिलवालले एक–अर्काको बीमालेखको नक्कल नगरी नयाँ–नयाँ बीमालेख ल्याउन तथा अस्वस्थ प्रतिस्पर्धा नगर्न कम्पनीहरूलाई निर्देशन दिएका छन् ।
अध्यक्ष सिलवालले भने, ‘बीमा अभिकर्ता बीमाका बारेमा राम्रोसँग बुझेको, बीमा व्यवसायका बारेमा जानकारी भएको, बीमा कम्पनीका बारेमा थाहा भएको हुनुपर्छ । बीमा अभिकर्ता बीमा कम्पनीले छान्ने भएकाले ती विषयमा कम्पनीहरूले ध्यान दिनुपर्छ, बीमा अभिकर्ताले कम्पनीलाई बजारमा स्थापित गर्न सक्नुपर्छ, कम्पनीहरूले परिमाणभन्दा गुणस्तरमा ध्यान दिनुपर्छ ।’ हालै भएको विमान दुर्घटनाको बीमा दाबी भुक्तानीमा समस्या नरहेको उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘ठूला जलविद्युत् आयोजनालगायत ठूला किसिमका संरचनाहरूको बीमा गराउनका लागि बीमा कम्पनीहरूबाट पनि प्रयास हुनुप-यो, कम्पनीहरूले आफूले आर्जन गरेको रकमको दुई प्रतिशत कर्मचारीहरूको क्षमता अभिवृद्धिमा खर्च गर्नुप¥यो, त्यसका लागि कर्मचारीहरूले पनि व्यवस्थापनसँग माग गर्नुप¥यो, कर्मचारीहरूको दक्षतालाई सूचना प्रविधिमा आबद्ध गरी विकसित गर्नुप¥यो ।’
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐनमा व्यवस्था भएबमोजिम एक बीमक, एक बीमा अभिकर्ता गर्नका लागि नदोहोरिने गरी प्रविधिमैत्री किसिमले बीमा अभिकर्ताको व्यवस्थापन गर्न लागिएको जानकारी दिए । नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले प्राधिकरणले आफ्ना काम कारबाहीलाई प्रविधिमैत्री बनाउन जोड दिँदै आएको बताए ।
प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले बीमा कम्पनीले बीमा अभिकर्तालाई कामबाट अगल गर्दा निजसँग लेनदेन बाँकी नरहेको प्रमाणपत्र दिनुपर्ने र बीमा अभिकर्ताले बीमा कम्पनीमा प्रवेश गर्दा विगतमा अन्य कम्पनीमा काम गर्दा लेनदेन बाँकी भए आफैँले बुझाउने कबुलियतनामा गरेको हुनुपर्ने स्पष्ट गरे । कार्यक्रममा प्राधिकरणका सहायक निर्देशक शम्भुप्रसाद मिश्रले बीमा अभिकर्ता व्यवस्थापनका लागि प्राधिकरणबाट सञ्चालनमा ल्याउन लागिएको अनलाइन प्रणालीका बारेमा प्रस्तुति गर्दै बीमा कम्पनीहरूमा बीमा अभिकर्ता नदोहोरिने गरी छनौट गर्नका लागि प्राधिकरणको अनलाइन प्रणालीमा अनिवार्यरूपमा स्थायी लेखा नम्बर (पान) इन्ट्री गर्नुपर्ने प्रावधान राख्न लागिएको जानकारी दिए । कार्यक्रममा निर्जीवन बीमा कम्पनीहरूका बीमा अभिकर्ता शाखाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया