एनआईबीएल सहभागिता फन्डको आकार वद्धि
काठमाडौं । एनआईबीएल सहभागिता फन्डको आकार बढेर दुई अर्ब रुपैयाँसम्मका इकाइ बिक्री गर्न पाउने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि थप १० करोड रुपैयाँ इकाइ जारी गर्न पाउने भएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रवर्द्धक तथा एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित नेपालकै पहिलो खुलामखी योजना एनआईबीएल सहभागिता फन्डको १० करोड इकाइसम्म जारी गर्न सकिने गरी हाल योजनाको आकार एक अर्ब रुपैयाँ रहकोमा २०७९ पुस १७ गतेदेखि लागू हुनेगरी थप १० करोड रुपैयाँ इकाइ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकत प्राप्त भएसँगै योजनाका आकार वद्धि भई दुई अर्ब रुपैयाँ कायम भएको छ । वर्षबाट नै आफ्ना इकाइधनीहरूलाई निरन्तर उच्च प्रतिफल दिन सफल भइरहको छ जसअन्तर्गत सञ्चालनको तीन वर्षमा कुल ६५ दशमलव ४५ प्रतिशत लाभांश वितरण गरी औसत वार्षिक २१ दशमलव ८१ प्रतिशतका दरले प्रतिफल वितरण गरिसकको छ जुन हाल सञ्चालनमा रहेको छ ।
यो योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरूले योजना व्यवस्थापकका सम्पूर्ण शाखा कायालयहरू, ताकिएको वितरक कार्यालयहरूका साथै अनलाइनमार्फत इकाइ खरिदका लागि आवेदन दिएर वा व्यवस्थित लगानी योजना तथा लाभांश पुनः लगानी योजनामार्फत सहभागी भई लगानी गर्न सक्नेछन् । एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत तीन वर्षअघि यस योजना २० करोड रुपैयाँका आकारमा सञ्चालनमा आएको थियो त्यसपछिका दिनमा हाल एक अर्ब रुपैयाँभन्दा बढीको आकारमा सञ्चालनमा रहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया