लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र नेपाल एसबीआई मर्चेन्ट बैंकिङबीच सम्झौता
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र नेपाल एसबीआई मर्चेन्ट बैंकिङबीच सम्झौता भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडको १ः०.८८४५१६८को अनुपातमा जारी गर्न लागेको साबिकका सेयरधनीलाई प्रतिसेयर एक सय रूपैयाँ अंकित मूल्यको दुई करोड ३४ लाख ६८ हजार कित्ता सेयरले हुने दुई अर्ब ३४ करोड ६८ लाख रूपैयाँबराबरको हकप्रद सेयर निष्काशन तथा बिक्रीका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको कार्यालय पुतलीसडक, काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटड नेपाल एसबीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया