Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआरबीबी इम्पावरमेन्टको चौथो चरणको कार्यक्रम सुरु

आरबीबी इम्पावरमेन्टको चौथो चरणको कार्यक्रम सुरु


काठमाडौं, चैत २
राष्ट्रिय वाणिज्य बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत एक समारोहबीच आरबीबी इम्पावरमेन्ट एकेडेमीको चौथोे चरणको कार्यक्रम गण्डकी प्रदेशमा सुरु गरेको छ । फाइनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले सुरु गरिएको एकेडेमीबाट युवावर्गलगायत सबैले लाभ लिन सक्नेछन् । यस एकेडेमीले गत फागुन ३० गतेबाट चैत १० सम्म निःशुल्क आवेदन दिनसक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ विषयगत तयारी कक्षा चैत १४ देखि १६ गतेसम्म पोखरामा सञ्चालन हुने बैंकले जनाएको छ ।

गण्डकी प्रदेशअन्तर्गत स्नातक र स्नातकोत्तर डिग्री भएका कलेजका विधार्थीहरु (कुनै प्रकारको काममा आवद्ध नभएको) लाई मात्र लक्षित गरी आवेदन आह्वान गरेको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विद्यार्थीहरुले यसबाट भरपुर लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्वारा निःशुल्क रुपमा दिइनेछ । कार्यक्रममा उपस्थित सबैजनालाई राष्ट्रिय वाणिज्य बैंक, गण्डकी प्रदेशका प्रमुख ऋषिराम ढकालले स्वागत गरी युवा लक्षित ट्रेनिङ्ग आफ्नो प्रदेशमा पनि गर्न लागेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद लम्सालले ५५ वर्षको इतिहास बोकेको बैंकको नाताले युवाहरुको वृत्ति विकासका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । आवेदकहरुमध्ये ५० जनालाई छानेर बैंकले उक्त तालिममा सहभागी गराउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया