Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकका दुुई नयाँ खाता

सिटिजन्स बैंकका दुुई नयाँ खाता


काठमाडौं, चैत ३
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले दुुईवटा नयाँ खाता सुुभारम्भ गरेको छ । बैंकले सर्वसाधारणलाई लक्षित गरी ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित गरी ‘सिटिजन्स तलब बचत खाता’ उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ दुईवटा नयाँ खाताको शुभारम्भ गरेको हो । बैंकले पाँच हजार रूपैयाँमा नै खाता खोल्न मिल्ने ‘सिटिजन्स संरक्षित बचत खाता’मा दैनिक मौज्दातमा वार्षिक छ दशमलव ५० प्रतिशतको उच्च ब्याजदर दिनुुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभसमेत प्राप्त गर्नसक्ने जानकारी दिएको छ ।

यो योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति ५० हजारको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र पाँच लाखसम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ सो बराबरको दाबी भुक्तानी गर्ने सुविधा यो खाताबाहकलाई उपलब्ध हुनेछ । साथै शून्यमा नै खाता खोल्न मिल्ने तथा दैनिक मौज्दातमा वार्षिक छ दशमलव ५० प्रतिशत ब्याजदर प्रदान गरिने ‘सिटिजन्स तलब बचत खाता’ कर्मचारीहरूको तलब व्यवस्थापनको लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ । यो योजनामा संलग्न हुने सम्पूर्ण कर्मचारीको निम्ति २५ हजार रूपैयाँको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र तीन लाख रूपैयाँसम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ सो बराबरको दाबी भुक्तानी गर्ने सुविधा यो खाताबाहकलाई उपलब्ध गराइने छ ।

बैंकले उत्कृष्ट सेवा प्रदान गर्ने हेतुले यी दुवै योजनाअन्तर्गत सहभागी भएका ग्राहकहरूका लागि विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ । यी दुवै योजनामा निःशुल्क भिसा, डेबिट कार्ड, निशुल्क अन्तरशाखा कारोबार (एबीबीएस) निःशुल्क आस्वा सेवा, निःशुल्क सिटिजन्स स्मार्ट बैंकिङ सुविधा (मोबाइल), अनलाइन कारोबार गर्न सुरक्षित थ्रिडी सेक्युयर प्रविधिमा निःशुल्क दर्ता, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्ट/स्विफ्ट जारी गर्दा ५० प्रतिशत छुट, नेपालभरिका जुनसुकै एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्नेजस्ता अनेकन आकर्षक सहुलियतहरू उपलब्ध छन् ।

बैंकले हाल आफ्ना ९३ वटा शाखा, ९१ वटा एटीएम र एक सय तीनवटा शाखारहित बैंकिङ एकाइहरूबाट पाँच लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । ग्राहकहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ ।

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगीकार गर्दै बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरूसमेत सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामान वा सुविधा खरिद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया