Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारझण्डै पाँच करोड पुग्यो निक्षेप खाताको संख्या

झण्डै पाँच करोड पुग्यो निक्षेप खाताको संख्या


काठमाडौं,बैंक तथा फाइनान्स कम्पनीहरुमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या झण्डै पाँच करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार हाल २२ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी र ६४ वटा लघुवित्त वित्तीय संस्था सञ्चालनमा रहेका छन् । जसमध्ये लघुवित्त वित्तीय संस्थाबाहेकका ५६ वटा संस्थाहरुमा मात्र रहेको कुल निक्षेप खाताको संख्या चार करोड ८३ लाख २४ हजार नौ सय ३९ पुगेको हो ।

देशभर बैंक तथा फाइनान्स कम्पनीहरुको छ हजार चार सय ३७ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।उक्त शाखामध्ये वाणिज्य बैंकहरुको मात्र पाँच हजार २९, विकास बैंकहरुको एक हजार एक सय २८ र फाइनान्स कम्पनीहरुको दुई सय ८० वटा शाखाहरु सञ्चालनमा रहेका छन् । यी सबै शाखामा सञ्चालनमा रहेको कुल निक्षेप खाता संख्या चालू आवको पुस मसान्तसम्ममा चार करोड ८३ लाख पुगेको राष्ट्र बैंकको भनाइ छ । यस अवधिमा बैंकिङ क्षेत्रमा कायम रहेको कुल कर्जा खाताको संख्या भने १८ लाख ३३ हजार एक सय ६५ वटा मात्र रहेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुमा कायम रहेको कुल निक्षेप खातामध्येमा वाणिज्य बैंकहरुमा मात्र रहेको निक्षेप खाताको संख्या चार करोड १६ लाख २६ हजार एक सय ५८ वटा रहेको छ भने विकास बैंकहरुमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या ५९ लाख ७७ हजार दुई सय ४५ वटा रहेको छ । यस अवधिमा फाइनान्स कम्पनीहरुमा भने सात लाख २१ हजार पाँच सय ३६ वटा बचत खाताहरु सञ्चालनमा रहेका छन् ।

राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेको कुल कर्जा खातामध्ये वाणिज्य बैंकहरुमा मात्र सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या १६ लाख तीन हजार सात सय ६६ वटा रहेको छ । यस अवधिमा विकास बैंकहरुमा मात्र सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या दुई लाख ८७ हजार पाँच सय ८१ वटा रहेको छ भने फाइनान्स कम्पनीहरुमा सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या ४१ हजार आठ सय १८ वटा रहेको छ । यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको सञ्चालनमा रहेको कुल एटीएम काउन्टरको संख्या भने चार हजार छ सय ४८ वटा रहेको छ । जसमध्ये वाणिज्य बैंकहरुको चार हजार दुई सय ७४ वटा, विकास बैंकहरुको तीन सय ३० वटा र फाइनान्स कम्पनीहरुको ४४ वटा एटीएम काउन्टरहरु सञ्चालनमा रहेको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो छ महिनामा बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ५३ खर्ब ६० अर्ब ६४ करोड ५० लाख र ४८ खर्ब ४० अर्ब १९ करोड ६० लाख रुपैयाँ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको मात्र कुल निक्षेप तथा कर्जा रकम क्रमशः ४७ खर्ब १७ अर्ब ५० लाख तथा ४२ खर्ब ८४ अर्ब ७१ करोड ५० लाख रुपैयाँ पुगेको छ भने विकास बैंकहरुको कुल निक्षेप तथा कर्जा रकम क्रमशः पाँच खर्ब ३४ अर्ब ३७ करोड ८० लाख र चार खर्ब ६२ अर्ब ४४ करोड १० लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा फाइनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः एक खर्ब नौ अर्ब २६ करोड २० लाख तथा ९३ अर्ब चार करोड १० लाख रुपैयाँ पुगेको राष्ट्र बैंकको भनाइ छ ।

आज पुनः १५ अर्ब १३ करोड रुपैयाँको टे«जरी बिल जारी गर्दै राष्ट्र बैंक
काठमाडौं, फागुन १४ । नेपाल राष्ट्र बैंकले फागुन १५ गते अर्थात् आज सोमबार पुनः १५ अर्ब १३ करोड रुपैयाँबराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा टे«जरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही फागुन ८ गते पनि राष्ट्र बैंकले सात अर्ब २३ करोड ३२ लाख रुपैयाँबराबरको टे«जरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति फागुन १६ गते मंगलबार तोकिएको टे«जरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त टे«जरी बिलहरु क्रमशः २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको तीन अर्ब १३ करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब रुपैयाँबराबरको रहेको छ ।

जसमध्ये २८ दिनेको २०७९ चैत्र १४ गते, ९१ दिनेको २०८० जेठ १६ गते र तीन सय ६४ दिने अवधिको २०८० चैत्र १५ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुुने यी टे«जरीमा सात अर्ब रुपैयाँबराबरको नयाँ रहेको छ भने बाँकी पुरानो नवीकरणअन्तर्गतको रहेको छ ।यसअघि अर्थात् गतसाता पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख रुपैयाँबराबरको टे«जरी बिल जारी गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया