Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारदुवाकोटमा नेपाल इन्भेष्टमेन्ट बैंकको काउन्टर

दुवाकोटमा नेपाल इन्भेष्टमेन्ट बैंकको काउन्टर


भक्तपुर, चैत ६
नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं ३ मा आफ्नो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । नयाँ खुलेको दुवाकोटास्थित विस्तारित (एक्सटेन्सन)काउन्टर दक्षिणमा भक्तपुर नगरपालिका र पश्चिममा मध्यपुर ठिमी नगरपालिकाले घेरिएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार यो काठमाडौँंको केन्द्रबाट करिब २० किलोमिटर दूरीमा छ । दुवाकोटको एक्सटेन्सन काउन्टर स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण विस्तारित काउन्टरका रूपमा सञ्चालित हुनेछ ।

यो काउन्टर नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल)को १७औं एक्सटेन्सन काउन्टर हो, जो हाम्रा ग्राहकहरूको वित्तीय पहुँचमा सहयोग पु-याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यसहित उद्घाटन गरिएको हो, बैंकले विज्ञप्तिमार्फत भनेको छ । बैंकले हाल सबै क्षेत्रमा गरी ८२ शाखा, एक सय २४ एटीएमहरू, १७ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू तथा ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले अनुकरणीय सेवा र व्यवसायका लागि पाँच पटकसम्म बैंक अफ द इयर अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकाशन युरोनोमीद्वारा ‘बेस्ट बैंक–२०१८’ युरोनोमी अवार्ड प्राप्त गरिसकेको छ । यसका साथै, इक्रा नेपाल (इन्टरनेसनल क्रेडिट रेडिङ एजेन्सी–नेपाल)द्वारा ए प्लसको क्रेडिट रेटिङ पनि प्राप्त गरिसकेको समेत बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया