Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वावलम्बन लघुवित्तद्वारा शैक्षिक सामग्री वितरण

स्वावलम्बन लघुवित्तद्वारा शैक्षिक सामग्री वितरण


काठमाडौं, चैत ९
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय सिरहाले ग्राहक सदस्य तथा न्यून आय भएको स्थानीय दलित समुदायका छात्रछात्रालाई विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ । शाखा कार्यालयबाट सिरहा नगरपालिका वडा नं.६ बसविट्टास्थित आधारभूत विद्यालयका १ सय जना न्यून आय भएको स्थानीय दलित समुदायका छात्रछात्रालाई स्कूल झोला, कापी र कलम वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख आतिथि सिरहा नगरपालिका वडा नं. ६ का अध्यक्ष विजय कुमार यादवले वित्तीय संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएको दलित छात्रछात्रालाई विभिन्न शैक्षिक सामग्री वितरण गरेकोमा आभार व्यक्त गरे । वित्तीय संस्थाले विपन्न महिलाहरुलाई कर्जा तथा बचतको माध्यमबाट आर्थिक उन्नतिमा टेवा पु-याएको बताए ।

इलाका कार्यालय लहानका इलाका प्रबन्धक मेघ बहादुर खड्काले वित्तीय संस्थाको ऐतिहासिक पृष्ठभूमि र हाल पु-याइरहेको सेवाका सम्बन्धमा आफ्नो मन्तव्य राखे । उनले वित्तीय संस्थाले विभिन्न स्थानमा यस प्रकारको सहयोग गर्दै स्थानीय विपन्न वर्गको शैक्षिक स्थितिमा सुधार ल्याउन क्रियाशील रहेको बताए । शाखा कार्यालय सिरहाका कार्यालय प्रमुख जयप्रकाश निरालाले शाखा कार्यालयबाट प्रवाह भएको सेवा बढीभन्दा बढी प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक पर्ने बताए । उनले सहभागी सबैलाई धन्यबाद दिँदै बालबालिकाको उज्ज्वल भविष्यको कामना गरे ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया