Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम

प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं, चैत ९
प्रभु बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले भौगोलिकरुपमा विकट रहेको सो जिल्लाका महिलालाई वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रम जुम्ला सदरमुकाम खलंगामा सञ्चालन गरेको हो । कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले वित्तीय पहुँचमा महिला पुगे पनि चेतनाको अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताए ।

बचतसँगै, सीप तथा रोजगारमूलक क्षेत्रमा लगानी गर्न नगरपालिकाले पनि सघाउने बताउँदै उनले सहकारी तथा वित्तीय क्षेत्रले पनि वित्तीय साक्षरता अभियान सञ्चालन गर्न सुझाव दिए । जुम्लामा पुरुषको तुलनामा महिला आर्थिकरुपमा सबल बन्दै गएको तथा बाह्य तथा आन्तरिक आर्थिक कारोबारमा समेत महिलाको पहुँच वृद्धि हुँदै गएको उनले बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनीले पैसाको महत्वबारे जानकारी गराउँदै आवश्यक परेको ठाउँमा मात्र पैसा खर्च गर्नुपर्ने बताए । धन पैसा जीवनमा नभई नहुने भएकाले यसलाई सही सदुपयोग गर्न उनले आग्रह गरे । कार्यक्रममा प्रभु बैंक कर्णाली प्रदेश प्रमुख शरद तिमल्सिनाले गाउँगाउँमा बैंक विस्तार गरिसकेकाले पनि सबैमा वित्तीय साक्षरता बढाउँदै जानुपर्ने बताए । उनले सुगममा मात्र नभएर दुर्गम क्षेत्रमा पनि बैंकिङ सेवा विस्तार गरिसकेकाले सर्वसाधारणलाई यसबाट लाभ लिन आग्रह गरे ।

कार्यक्रममा झण्डै ४० जनाको सहभागिता रहेको थियो । वित्तीय साक्षरता कार्यक्रमका सहभागी महिलाले शिक्षाकै अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताए । ‘सहकारीमा बचत पनि गरेका छौँ, ऋण पनि लिन्छौं, तर आम्दानी देखिँदैन’, चन्दननाथ सहकारीमा आबद्ध बेलु चनाराले भनिन्, ‘कतिपय अवस्थामा सावाँ ब्याजबारे पनि हामीलाई जानकारी हुँदैन । कर्णालीका अधिकांश महिलाहरु वित्तीय साक्षरता नभएकै कारण सामान्य हिसाबकिताब राख्न पनि नसक्ने अवस्थामा छन् ।’

महिलालाई घरदेखि बाह्य आर्थिक कारोबारमा सक्रिय बनाउने, सहजै हिसाबकिताब राख्न सक्ने, आफ्नो बचत र ऋण सही ठाउँमा उपयोग गर्नेलगायतका विषयमा कार्यक्रममा जानकारी दिइएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया