बेलायतको संसदीय प्रतिनिधिद्वारा एनएमबी बैंकको भ्रमण
काठमाडौं । ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पियनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरू र ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका सदस्यहरूले एनएमबी बैंकको भ्रमण गरेका छन् ।
एनएमबी बैंकको ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टसँगको सहकार्यमा भएको प्रगतिबारे अवलोकन गरी एनएमबी बैंकले कार्यान्वयन गर्दै आइरहेको दिगो बैंकिङ अभ्यासबारे भ्रमण टोलीले जानकारी लिएको बैंकले जानकारी दिएको छ ।
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भ्रमण टोलीलाई बैंकको दिगो बैंकिङ अभ्यास कार्यान्वयनपश्चात् भएको प्रगति विवरणबारे जानकारी गराएका थिए । सो क्रममा केसीले नेपालको दिगो तथा समावेशी आर्थिक विकास बीच रहेको स्रोत साधन आपूर्ति गर्न ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्ट जस्ता संस्थाले प्रदान गर्ने अनुदान महत्वपूर्ण हुने बताएका थिए । भ्रमणमा सहभागी प्रतिनिधिहरूले बैंकले जलविद्युत् परियोजनामार्फत समुदाय विकासमा पु-याएको योगदानको प्रशंसा गरेको बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया