काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरेको छ । आमनागरिकमा वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र आर्थिक गतिविधिलाई वित्तीय प्रणालीमा समावेश गर्न उक्त मार्गदर्शन जारी गरिएको हो ।
वित्तीय साक्षरता अभियान प्रवद्र्धन गर्न राष्ट्र बैंकले यसअघि बैंक तथा वित्तीय संस्थाका लागि ‘वित्तीय साक्षरता ढाँचा, २०७९’ जारी गरिसकेको छ । शुक्रबार जारी गरिएको मार्गदर्शनले वित्तीय साक्षरताका लागि आवश्यक संस्थागत पूर्वाधार निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
लक्षित वर्ग केन्द्रित वित्तीय साक्षरता अध्ययन सामग्रीको प्रयोग सुनिश्चित गर्न र त्यसको अनुगमनका लागि आधार निर्माण गर्ने उद्देश्यले मार्गदर्शन ल्याइएको राष्ट्र बैंकले जनाएको छ । वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्ने तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने यसको उद्देश्य रहेको छ ।
वित्तीय ज्ञानको अभाव भएका व्यक्तिलाई औपचारिक प्रणालीमा आबद्ध गराउन बैंक तथा वित्तीय संस्थाको भूमिका रहनेगरी यो मार्गदर्शन तयार पारिएको छ । अब बैंक तथा वित्तीय संस्थाले वार्षिक कार्यक्रम तयार पारेरै वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।
“वित्तीय साक्षरता कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्न आवश्यक संरचनाको विकास गर्ने र लक्षित वर्गका लागि उपयुक्त हुनेगरी वित्तीय ज्ञानका विविध क्षेत्र समेटी व्यवस्थितरुपमा योजना तयार गर्नुपर्नेछ”, मार्गदर्शनमा उल्लेख छ । यसरी योजना तयार पार्दा लक्षित वर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहार हेरेर सोहीअनुसार कार्यक्रम चलाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
लक्षित ग्राहकको वर्गीकरणसमेत गर्नुपर्नेछ । कुनै रोजगारमा आबद्ध भएका, कृषक, साना उद्यमी, विद्यार्थी, महिला, युवा, रेमिट्यान्स पाउने व्यक्तिका लागि फरकफरक खालको वित्तीय साक्षारता आवश्यक पर्ने भएकाले ग्राहकको वर्गीकरण आवश्यक पर्ने राष्ट्र बैंकको तर्क छ ।
मार्गदर्शनअनुसार बैंक तथा वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय कार्यालयमा वित्तीय साक्षरता इकाइ स्थापना गर्नुपर्ने वा कुनै इकाइलाई सोको जिम्मेवारी दिनुपर्नेछ । उक्त इकाइले वित्तीय साक्षरतासम्बन्धी वार्षिक कार्ययोजना तयार पार्नुपर्ने र स्थानीय तथा प्रादेशिकस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । यस्ता कार्यक्रम सञ्चालन गर्दा दुर्गम र वित्तीय पहुँच कम भएका स्थानलाई प्राथमिकतामा राख्नुपर्नेछ ।
वित्तीय साक्षरतासम्बन्धी सामग्री सम्प्रेषण गर्दा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेवाबारे स्पष्ट पार्नुपर्नेछ । “बैंक तथा वित्तीय संस्थाले ब्याज अनुदान प्राप्त हुने विभिन्न प्रकारका सहुलियतपूर्ण कर्जा, आधुनिक प्रविधिमा आधारित भुक्तानी सेवा, वित्तीय सेवा प्रवाहसम्बन्धी गुनासो सुनुवाइ एवं व्यवस्थापन प्रणालीका बारेमा सर्वसाधारणले सहजै बुझ्ने र सूचना पाउन सक्नेगरी आवस्यक संयन्त्रको विकास गर्नुपर्नेछ”, मार्गदर्शनमा भनिएको छ । बैंक तथा वित्तीय संस्थाले वित्तीय सारक्षता कार्यक्रम सञ्चालन गरे÷नगरेकाबारे राष्ट्र बैंकले अनुगमनसमेत गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया