नेसनल लाइफको नयाँ बोनस दर सार्वजनिक
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले विभिन्न बीमा योजनामा बोनस दर प्रतिहजार बीमांक ६३ रुपैयाँदेखि ८५ रुपैयाँसम्म निर्धारण गरेको छ । सावधिक जीवन बीमा योजनामा नौ वर्षदेखि २० वर्ष अवधिका लागि प्रतिहजार ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्षका लागि प्रतिहजार ७० रुपैयाँ र २६ वर्ष वा सोभन्दा माथिका लागि प्रतिहजार ८५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।
त्यस्तै, सावधिक तथा आजीवन बीमालेखअन्तर्गत नौ वर्षदेखि २० वर्ष अवधिसम्मको लागि प्रतिहजार ६४ रुपैयाँ, २१ देखि २५ वर्षसम्मका लागि प्रतिहजार ७० रुपैयाँ, २६ वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ८५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।
अग्रीम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा नौ वर्ष र १० देखि १४ वर्षसम्मको अवधिका लागि प्रतिहजार ६३ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि प्रतिहजार ६४ रुपैयाँ, २० र सोभन्दा माथिका लागि प्रतिहजार ६४ रुपैयाँका दरले बोनस दर तोकिएको कम्पनीले जनाएको छ ।
उच्च तथा आकर्षक बोनस दरको कारणले कर्जा/दाबी/पूर्ण अवधि सबैमा बढी रकम प्राप्त हुने पनि कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया