महालक्ष्मी विकास बैंकले सस्तो ब्याजदरमा कर्जा दिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले सस्तो ब्याजदरमा आवास तथा व्यावसायिक कर्जामा दिने भएको छ । बैंकले नयाँ वर्षको अवसर पारेर घर खरिद गर्ने वा निर्माण गर्नेहरूलाई आवास कर्जा र उद्यम गर्न इच्छुकलाई सुलभ दरमा व्यावसायिक कर्जा योजना सार्वजनिक गरेको हो ।
बैंकले दुवै कर्जा योजनामा ऋणिका लागि १२ दशमलव नौ–नौ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरिने जनाएको छ । यस्तै सो कर्जाको सेवाशुल्कमा समेत विशेष छुट दिइने जनाएको छ । बैंकले महिला सशक्तिकरणका लागि ऋणी महिला भएमा सेवाशुल्कमा शून्य दशमलव दुई–पाँच प्रतिशतसम्म छुट प्रदान गर्ने र सो सुविधा सीमित समयका लागि रहने जनाएको छ । आवास कर्जा योजनाअन्तर्गत ऋणीका लागि निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रीम कर्जा प्रवाह तथा सेवा शुल्कमा छुटजस्ता आकर्षक सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ ।
व्यावसायिक कर्जा योजनाअन्तर्गत ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रीम कर्जा प्रवाह गर्ने तथा सेवाशुल्कमा छुटजस्ता सुविधाहरू बंैकले प्रदान गर्ने छ । हाल विद्यमान तरलता अभाव तथा बढ्दो ब्याजदरका बीच पनि बैंकले सुलभ ब्याजदरमा सरलीकृत तवरले कर्जा प्रवाह गरिरहेको जनाएको छ ।
घर खरिद गर्न अथवा घर निर्माण गर्न र स्वदेशमै उद्यम गर्न चाहनेहरूका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा आकर्षक ब्याजदरमा बैंकका सम्पूर्ण शाखाहरूबाट उपलब्ध हुनेछन् । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा एक सय तीनवटा शाखाहरूमार्फत यो सेवा उपलब्ध गराइएको पनि बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया