अर्थमन्त्री महत र बैंकर्स संघबीच भेटवार्ता
काठमाडौं । नेपाल बैंकर्स संघले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर पछिल्लो समय बैंकप्रति बन्ने गरेका नकारात्मक धारणाबारे अवगत गराएको छ । यस्तै घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा, तरलता अभाव, ब्याजदरलगायतका विषयमा समेत जानकारी गराएको छ । संघले अर्थमन्त्री डा. महतसमक्ष वित्तीय स्थायित्व र आर्थिक विकासका लागि सरकारलाई सघाउने प्रतिबद्धता जनाएको छ ।
भेटमा संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा पु¥याएको योगदानको बारेमा स्मरण गराएका थिए । उनले पछिल्लो समय देखापरेका चुनौतीहरूको बारेमा समेत जनाकारी गराएको संघले जनाएकोे छ । अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय संस्थाहरू आर्थिक विकासमा गरेको योगदानको प्रशंसा गर्दै अहिले देखापरेका चुनौतीहरूको सहज समाधानका लागि एकजुट भएर काम गर्न आग्रह गरेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया