Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईसीएफसी फाइनान्सले कमायो, आठ करोड १९ लाख

आईसीएफसी फाइनान्सले कमायो, आठ करोड १९ लाख


काठमाण्डौँ,चैत १६
आईसीएफसी फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा आठ करोड १९ लाख ७० हजार सात सय ८३ रूपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो मुनाफा सात करोड १४ लाख ७१ हजार सात सय ७७ रूपैयाँ रहेको थियो । चुक्ता पुँजी ८८ करोड २१ लाख ७२ हजार चार सय रूपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ११ अर्ब ५९ करोड ६३ लाख ५९ हजार चार सय तीन रूपैयाँ निक्षेप संकलन आठ अर्ब ८६ करोड ८७ लाख ५९ हजार दुई सय ८५ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २२ करोड २१ लाख २५ हजार तीन सय ५६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको शून्य दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने चार दशमलव ७६ प्रतिशत स्प्रेड दर रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले १० अर्ब ९३ करोड २८ लाख ७१ हजार पाँच सय एक रूपैयाँ निक्षेप संकलन गरी आठ अर्ब १४ करोड ५५ लाख १९ हजार चार सय ४९ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १८ करोड ११ लाख २३ हजार चार सय ९० रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने चार दशमलव ८८ प्रतिशतको स्प्रेड दर रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया