हरेक समस्यालाई ब्याजसँग नजोड्न गभर्नर अधिकारीको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चर्को र क्रान्तिकारी कुरा गरेर गन्तव्यमा नपुग्ने र यसले दूरगामी असर मात्रै गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित टोलीसंँग बुधबार भएको भेटमा गभर्नर अधिकारीले हरेक विषयलाई ब्याजदरसँग जोडेर चर्को कुरा नगर्न आग्रह गरेका हुन् । उनले भने, ‘चर्को र क्रान्तिकारी कुरा गरेर गन्तव्यमा पुगिँदैन, यसले दूरगामी असर मात्रै गर्छ ।’
कुनै पनि कुरा राख्दा भद्र हिसाबले राखेमा त्यसको परिणाम पनि राम्रो आउँछ भन्दै गभर्नर अधिकारीले हरेक विषयलाई ब्याजसँग जोडेर बैंक तथा वित्तीय संस्थालाई निशाना बनाएकोमा असन्तुष्टि व्यक्त गरे । ‘काठमाडौंमा दुई लाखको व्यापार हुने ठाउँमा भाडा ६० हजार छ । त्यो भाडाका कारण व्यवसाय चलाउन नसकेर बन्द गरेर हिँडेको हुन्छ तर त्यहाँ पनि ब्याज जोड्ने गरिएको छ’, गभर्नर अधिकारीले भने ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया