प्रभु क्यापिटलको लगानी व्यवस्थापन सेवाको शुल्कमा छुट
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन सेवामा आफ्ना हितग्राही खातावालाहरूलाई वार्षिक शुल्कमा आजीवन शतप्रतिशत छुटको अफर ल्याएको छ ।
‘नयाँ वर्षमा प्रभु क्यापिटलको उपहार, वार्षिक शुल्कमा छुटको बहार’ भन्ने नाराका साथ यो अफर जेठ महिनासम्म सञ्चालनमा ल्याउने क्यापिटलले जनाएकोे छ । यो अवधिभित्र डिम्याट खाता खोल्ने हितग्राहीले लगानी व्यवस्थापन सेवाको आजीवन वार्षिक शुल्कमा शतप्रतिशत छुट पाउनेछन् ।
लगानीकर्ताले तीन लाख रुपैयाँबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । तीन लाख ग्राहकले क्यास, आफ्नो सेयर पोर्टफोलियो, अथवा क्यास र सेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।
क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिकरूपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्नसक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण इमेलमार्फत पाउनेछन् ।
ग्राहकले प्रभु क्यापिटलको डिजिटल एपमार्फत पनि डिम्याट खाता खोली यस योजनामा सहभागी भई आफ्नो पोर्टफोलियो हेर्नसक्ने सुविधा सुरु गरिसकेको क्यापिटलले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया