५५ खर्ब नाघेको बैंकहरूको निक्षेप फेरि घट्न थाल्यो
काठमाडौं । गएको आइतबार ५५ खर्ब तीन अर्ब रुपैयाँ पुगेको बैंक तथा वित्तीय संस्थाको निक्षेप अहिले घटेर ५४ खर्ब ९४ अर्बमा झरेको छ । आइतबारयता नौ अर्ब रुपैयाँ निक्षेप बैंकिङ प्रणालीबाट गायब भएको देखिन्छ । यसमध्ये वाणिज्य बैंकहरूबाट मात्रै आठ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । आइतबार ४८ खर्ब ५४ अर्ब रहेको वाणिज्य बैंकहरूको निक्षेप त्यसको भोलिपल्टै ४८ खर्ब ४६ अर्बमा झरेको छ । वैशाख मसान्तमा वाणिज्य बैंकहरूको निक्षेप ४८ खर्ब ४० अर्ब थियो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार विकास बैंक र फाइनान्स कम्पनीहरूसँग रहेको निक्षेप छ खर्ब ४८ अर्ब रहेको छ । जुन आइतबारको तुलनामा एक अर्ब रुपैयाँले कम हो ।
यद्यपि बैंकरहरूले पछिल्लो समयमा वित्तीय प्रणालीमा निक्षेप बढ्दै गएको दाबी गरेका छन् । विवरणअनुसार केही हदसम्म निक्षेप बढेको देखिन्छ । असारे बजेटका कारण पनि बजारमा निक्षेप बढ्ने अपेक्षा बैंकरहरूको छ । सरकारले असार अन्तिमसम्म निर्माण क्षेत्रका लागि भुक्तानी गर्ने भएकाले विकास खर्चको आँकडा बढ्न गई वित्तीय प्रणालीमा तरलता थप बढ्ने अपेक्षा गरिएको छ ।
निक्षेप घटे पनि बैंकहरूले प्रवाह गरेको कर्जा एक अर्बले बढेको छ । आइतबार ४८ खर्ब ४७ अर्ब रहेको बैंकहरूको कर्जा प्रवाह त्यसयता एक अर्ब बढेर ४८ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ । यसमध्ये वाणिज्य बैंकहरूको ४२ खर्ब ९७ अर्ब र विकास बैंक तथा फाइनान्स कम्पनीको पाँच खर्ब ५२ अर्ब रहेको छ ।
चर्कोे ब्याजदरका कारण कर्जाको माग न्यून हुँदा बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८४ दशमलव ८७ प्रतिशत कायम भएको छ । जुन आइतबारको तुलनामा शून्य दशमलव १५ प्रतिशत विन्दुले बढी हो । आइतबार सीडी रेसियो ८४ दशमलव ७२ प्रतिशत थियो । बैंकहरूको अन्तरबैंक ब्याजदर सात प्रतिशत छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया