काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको फरदर पब्लिक इस्यु (एफपीओ)को बिक्री खुल्ला भएको छ । संस्थाले बिहीबारबाट सर्वसाधारणको सेयर अनुपात ३० प्रतिशत कायम गर्न एफपीओ जारी गरेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरको तीन करोड ७९ लाख ४२ हजार पाँच सय रुपैयाँको सेयर जारी गर्न लागेको हो । कम्पनीको सेयरमा न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ।
एफपीओको बिक्री कार्य छिटोमा यही जेठ १६ गते र ढिलोमा यही जेठ २५ गते बन्द हुनेछ । संस्थाको हाल चुक्ता पुँजी ११ करोड छ लाख रुपैयाँ रहेको छ । जसमध्ये संस्थापक सेयरधनी समूहको ९४ दशमलव एक प्रतिशत र बाँकी पाँच दशमलव ९९ प्रतिशत सेयर स्वामित्व सर्वसाधारणको रहेको छ । संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड ९८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । संस्थाको प्रतिसेयर आम्दानी ५७ रुपैयाँ ८१ पैसाले ऋणात्मक रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया