स्ट्यान्डर्ड चार्टर्ड बैंकले राष्ट्र बैंकका लागि ग-यो ‘ब्लकचेन नलेज सेयरिङ सेसन’
काठमाडौं । डिजिटल ट्रेड फाइनान्स नेटवर्क कन्टुरसँगको सहकार्यमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपाल राष्ट्र बैंकका लागि ‘ब्लकचेन नलेज सेयरिङ सेसन’ आयोजना गरेको छ । गत शुक्रबार आयोजित कार्यक्रममा डिस्ट्रिब्युसन लेजर टेक्नोलोजी (डीएलटी), यसको प्रयोग र यसले वर्तमान प्रणालीमा देखिने समस्याहरूलाई हटाई ट्रेड फाइनान्समा पु-याउने सहयोगका विषयमा छलफल भएको थियो ।
डीएलटीले विश्व व्यापारलाई उच्च संगठित सञ्जालमा रूपान्तरण गर्दै दक्षता सुधार गर्न र ट्रेड फाइनान्सिङमा लागत घटाउन सहयोग पु-याउँदै आएको कार्यक्रममा जानकारी दिइएको थियो । यो कार्यक्रम अत्यन्त फलदायी साबित हुने बैंकले विश्वास लिएको छ । यस किसिमको कार्यक्रमले नेपालका लागि डीएलटीको सम्भावित लाभ विचार गर्न मद्दत गर्ने र यसले देशको व्यापार प्रवाह सुधार गर्न योगदान पु¥याउन सक्ने बैंकले जनाएको छ । कन्टुर लिडिङ ट्रेड बैंकहरू र उद्योग साझेदारद्वारा विश्व व्यापारमा लामो समयदेखि देखिएका समस्याहरू समाधान गर्न गठित संस्था हो । यसले विश्वका बैंकहरू, कर्पोरेटहरू र लजिस्टिक्स पार्टनर्सलाई रियल टाइममा कमन डिजिटल र ट्रस्टेड नेटवर्कमा सँगै ल्याउन डिसेन्ट्रलाइज्ड टेक्नोलोजीको प्रयोग गरी लेटर्स अफ क्रेडिटजस्ता ट्रेड फाइनान्स प्रडक्ट्स ट्रान्सफर्म गर्दछ ।
कार्यक्रममा कन्टुरका चिफ प्रडक्ट अफिसर जोसुआ क्रोइकेरले डीएलटीमाथि आफ्नो धारणा राख्नुका साथै कन्टुरको मल्टी–बैंक प्लेटफर्मले डीएलटीलाई आयात तथा निर्यात एलसी लेनदेनका लागि ग्राहकले उठाउन सक्ने लाभका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ अनिर्वाण घोष दस्तिदारले स्ट्यान्डर्ड चार्टर्ड बैंक ट्रेड फाइनान्ससहित ब्लकचेनका विभिन्न प्रयोगहरू कार्यान्वयन गर्ने विश्वको अग्रणी बैंकमध्ये एक रहेको बताए । ‘नेपालमा पनि यस पहलको नेतृत्व गर्न पाउँदा हामीलाई खुसी लागेको छ’, उनले भने । राष्ट्र बैंकको फरेन एक्सचेन्ज म्यानेजमेन्ट विभागका निर्देशक गोविन्दप्रसाद नागिलाले यस किसिमको कार्यक्रम आयोजना गरेकोमा स्ट्यान्डर्ड चार्टर्ड बैंक र कन्टुरको प्रशंसा गरे उनले कार्यक्रममा उपस्थित राष्ट्र बैंकका सहभागीहरूलाई पनि धन्यवाद दिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया