काठमाडौं । देशमा निर्वाचनको माहोल चलिरहेकै बेला विकास निर्माणतर्फ एउटा आशलाग्दो र एक प्रकारले गर्व नै गर्नुपर्ने कामको थालनी भयो । यो हो, सुनकोसी–मरिन डाइभर्सन आयोजना । करिब १३ किमि लामो सुरुङ खनेर अहिलेसम्म खेर गइरहेको पानी बिजुली उत्पादन र जुनसुकै समयमा पनि ठूलो परिमाणको जमिनमा सिँचाइ पु¥याउने यो आयोजना आफैंमा एउटा अनुकरणीय काम हो । दुई वर्षअघि शिलान्यास भएको यो आयोजना बन्दैन कि भन्ने तहमा पुगिसेको थियो । स्रोत नजुटाई र अन्य प्राविधिक पक्षहरू समेत तयार नभई केबल त्यसबेलाको चुनावका लागि प्रभाव पार्ने गरी शिलान्यास भएर यो आयोजना आफैँ अति राजनीतिको शिकार बन्ने हो कि भन्ने खतरामा परेको थियो । मध्यावधि निर्वाचन घोषणा भएपछि शिलान्यास भएको अवस्थाले यसलाई शंकाको घेरामा पारेको थियो । तर त्यसपछिको सरकारले यसमाथि राजनीति गरेन । स्रोत आदिको व्यवस्थापन गर्न समय लागे पनि यो डाइभर्सनको सुरङ खन्ने काम सुरु भयो ।
सबै कुरा मिलाएर झण्डै आधा अर्बको लागतमा सम्पन्न हुने भनिएको आयोजनाको समय करिब पाँच वर्षको छ । यसको लगानी देशले नै जुटाएको हो । त्यसकारण पनि यसले देशको क्षमता बढेको देखाउँछ । सुरुङ निर्माण हुने काम दुई वर्षमा सम्पन्न हुने र अरु कुरा पूरा हुन पाँच वर्ष अर्थात् २०८५ भित्र सञ्चालनमा आउने भनिएको छ । सुरुङ निर्माणको काम त समियमा नै सकिएला । यसका लागि मेसिन जडान भएको र त्यसले आफ्नो काम नसकेसम्म नछाड्ने हुँदा त्यो निर्धारित समयमा नै सम्पन्न हुन्छ भन्ने अपेक्षा हो । तर बाँकी काम सँगसँगै सकिएन भने आयोजना अधुरो नै रहन्छ । भेरी–बबाइ ड्राइभर्सन त्यसको उदाहरण छ । त्यसकारण आयोजना सुरु हुँदा नै ढिलासुस्तीको सिकार नबनोस् भनी कामना गर्नुपरेको हो । यो आयोजना राष्ट्रिय गौरवको विषयमा परेको छ । यो आफैँ पनि बहुउद्देश्यीय आयोजना हो । यसले दिने लाभहरू धेरै छन् । सुरुङ निर्माण १३ दशमलव ३ किलोमिटरको हुनेछ । बीचमा ठूलो प्राविधिक जटिलता आईपरेन भने सुरुङको निर्माण निर्धारित सयमा नै सम्पन्न हुने अधिकारीहरूको अनुमान छ । यो मेसिन नै त्यस्तै छ । भेरी–बबईको सुरुङ पनि यही प्रविधिबाट तयार भएको हो, जो समयमा नै सकिएको हो । दुवैतर्फ जलाशय नबन्दा त्यसले आफूलाई प्रयोग गर्न नै पाएन । यो आयोजनामा त्यस्तो नहोस् भनी सुरुदेखि नै सतर्कता आपनउन आवश्यक छ ।
यो आयोजनाको महत्वपूर्ण पक्ष हो, देशको खेतीयोग्य जमिनमा आवश्यक पर्ने सिँचाइ सुविधा पु-याउनु । तराईको भू–भाग देशभरिकै खेतीयोग्य जमिन मानिन्छ, जो वस्तुगत पनि छ । यो ठाउँमा सिँचाइ पुग्ने पानी यतिबेलासम्म खेर नै गइरहेको थियो । सम्बन्धित अधिकारीका अनुसार चालू आवमा आयोजनाको अन्य संरचनाको निर्माणकार्य सुरु हुन्छ । समग्रमा ०८५ भित्र आयोजना पूर्णरूपमा सञ्चालनमा ल्याउने लक्ष्य छ । यो भनेको अवको पाँचै वर्षको कुरा हो ।
सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीको पानी सिन्धुली जिल्लाको मरिन नदीमा खसेर बागमती सिँचाइ आयोजनाका संरचनामार्फत तराईमा पानी पुग्नेछ । बताइएअनुसार यसबाट धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका सवा लाख हेक्टर जमिनमा वर्षैभरि सिँचाइ पु-याउने यसको लक्ष्य हो । बाँझो जमिन सिँचाइमा यसले फड्को नै हाल्नेछ । तर भ्रष्टाचार र ढिला सुस्ती भयो भने कुरा फेरि उही हो, जस्तो सिक्टा सिँचाइमा भयो । त्यस्तो नहुनका लागि सुरुदेखि नै होसियार रहनुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- प्रभु बैंक र चिरायु नेसनल हस्पिटलबीच छुट सम्झौता
- नेपालमा सहरीकरणको अवस्था र स्थिति, कारण समस्या तथा सुझाव
- आर्थिक विकासमा यस्ता छन् नेपालका चुनौतीहरू
- दश महिनाको आर्थिक चित्र नकारात्मक
- बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गर्न माग
- आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा लक्ष्यको ९० प्रतिशत राजस्व संकलन
- बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी नयाँ व्यवस्था
- सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकार उदासीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया