Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतलाई युएईद्वारा सात मेट्रिक टन चिकित्सा सामग्री सहयोग

भारतलाई युएईद्वारा सात मेट्रिक टन चिकित्सा सामग्री सहयोग


नयाँ दिल्ली, वैशाख २१
कोभिड–१९ संक्रमणको महामारीसँग जुझ्न संयुक्त अरब ईमिरेट्स (युएई) बाट शनिबार भारतमा सात मेट्रिक टन चिकित्सा सामग्री ल्याइएको छ । भारतका लागि युएइका राजदूत डा. अहमद अब्दुल रहमान अल्बन्नाले शनिबार सामान हस्तान्तरण गर्दै भने, ‘युएईले कोभिड–१९ महामारीसँग जुझ्न राष्ट्रहरूलाई सङ्कटका समय स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने सामग्री सहयोग गर्न प्रतिवद्ध छ । भारतलाई युएईको सहयोगले दुई देशबीच लामो समयदेखि रहँदै आएको सहकार्य र गहिरो भाईचारा सम्बन्धको निरन्तरता दिँदै चिकित्सा सामग्री सहयोग गरिएको हो ।’

अल्बन्नाले थपे, ‘कोभिड–१९ विरूद्धको लडाई अहिले वैश्विक चिन्ताको प्राथमिक विषय बनेको छ र भाइरस हुनसक्ने अन्य देशहरूको प्रयासलाई सुदृढ पार्नु अत्यावश्यक हो भन्ने कुरामा हामी विश्वस्त छौं ।’ हालसम्म युएईले ३४ भन्दा बढी देशहरूलाई तीन लाख ४८ हजार स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ३ सय ४८ मेट्रिक टन भन्दा बढी सहयोग प्रदान गरिसकेको उनले बताए । कोभिड–१९ विरूद्धको लडाईमा चिकित्सकहरूको सुरक्षाका लागि आवश्यक पर्ने सामानको आपूर्ति गर्न यूएई इच्छुक रहेको उनले बताए ।

भारतमा हालसम्म ३७ हजार ३ सय ६६ व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने एक हजार २ सयभन्दा बढीको मृत्यु भइसकेको छ । भारतमा संक्रमितमध्ये करिब १० हजार व्यक्ति निको भई घर फर्किएका छन् भने २६ हजार १ सय ६७ जनाले देशभर विभिन्न अस्पतालहरूमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार सेवा लिइरहेका छन् । त्यस्तै यूएईमा १२ हजार ४ सय ८१ संक्रमित भएका छन् भने १ सय ५ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । रासस/एएनआई


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया