भारतको जीडीपी सात दशमलव आठ प्रतिशत वृद्धि
एजेन्सी । भारतको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सात दशमलव आठ प्रतिशतले बढेको छ । उपभोक्ता मूल्यमा भएको उच्च वृद्धिले घरायसी बजेटमा असर पारे पनि भारतको जीडीपी वृद्धिदर उच्च देखिएको हो ।
दक्षिण एसियाली राष्ट्र भारतले गत वर्ष बेलायतलाई उछिन्दै विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बनेको थियो भने जनसंख्याका हिसाबले हालै चीनलाई उछिनेर सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ ।
कोभिड–१९ को महामारीपछि भारतको अर्थतन्त्रको वृद्धिदर सात दशमलव दुई प्रतिशत कायम भई विश्वका ठूला अर्थतन्त्रमध्ये सबैभन्दा माथि रहेको छ । बिहीबार सार्वजनिक तथ्यांक गत आर्थिक वर्षको चारवटा त्रैमासिकमध्ये सबैभन्दा उच्च रहेको देखाएको छ । सरकारी तथ्यांकले वित्तीय, रियल इस्टेट र व्यावसायिक सेवा क्षेत्रको लागि १२ दशमलव दुई प्रतिशतको वार्षिक वृद्धि देखाउँछ । अन्य देशहरूजस्तै भारत पनि विश्वव्यापी वित्तीय अवस्था, युक्रेनको युद्ध र भूराजनीतिक तनावजस्ता विश्वव्यापी हेडविन्डहरूबाट प्रभावित भएको छ ।
भारतको केन्द्रीय बैंकले यसै महिना खाद्य पदार्थको उच्च मूल्य वृद्धिले घरायसी बजेटमा असर पारेको र अझ खराब हुने अनुमान गरिएको थियो । मुद्रास्फीति जूनमा चार दशमलव ८१ प्रतिशतसम्म पुगेको थियो, जुन गत वर्षको सात दशमलव ७९ प्रतिशतको उच्च विन्दुबाट अझै पनि तल झरेको छ ।
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले यसै महिना संसद्मा सरकारले उच्च मूल्य नियन्त्रणका लागि कदम चालेको बताएकी थिइन् । खाद्यान्नको मूल्य वृद्धि, खराब मौसम र प्रमुख उत्पादन क्षेत्रमा कीराको आक्रमणले टमाटरजस्ता मुख्य बालीमा क्षति पु¥याउनु सरकारको चिन्ताको विषय भएको उल्लेख गर्दै वित्तमन्त्री सीतारमणले मूल्यको चाप कम गर्न सरकारले खाद्यान्न आयात बढाएको र आयात प्रतिबन्धलाई खुकुलो बनाएको बताएकी थिइन् ।
विश्व बैंकका भारत हेर्ने निर्देशक अगस्टे तानो कोउमेले अप्रिलमा ‘विश्व बैंकले बाह्य झट्काप्रति बलियो लचिलोपन देखाइरहेको बताएका थिए । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले यस वर्ष भारतको जीडीपी छ दशमलव एक प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया