गाजास्थित एक विद्यालयमा इजरायलको आक्रमण
गाजा । इजरायलले उत्तरी गाजापट्टीको एक विद्यालयमा बमबारी गर्दा कम्तीमा एक सय जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको प्यालेस्टिनी स्वास्थ्य स्रोतले जनाएको छ ।
जबालिया शरणार्थी शिविरमा रहेको अल–फाखौरा विद्यालयमा इजरायलले गरेको भीषण आक्रमणपछि कम्तीमा एक सय जनाको शव इन्डोनेसियाली अस्पतालमा सारिएको छ । स्रोतका अनुसार विद्यालयभित्रबाट शवहरु निरन्तर फेला परिरहेको र ठूलो संख्यामा घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना रहेको छ ।
यसैबीच प्रत्यक्षदर्शीका अनुसार उक्त विद्यालयमा सयौँ विस्थापितहरू बसिरहेका र इजरायली सेनाको तीव्र हवाई आक्रमणमा परी उनीहरूको हताहत भएको छ । रासस
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
- विराटनगरको कवाडी पसलको आगलागीबाट तीनको मृत्यु, तीन जनाको उपचार हुँदै
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया