Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकच्चा तेलको उत्पादनमा थप कटौती हुन सक्ने

कच्चा तेलको उत्पादनमा थप कटौती हुन सक्ने


अस्ट्रिया । पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक) र रुसको नेतृत्वमा सहयोगी राष्ट्रहरूको समूह ओपेक प्लसका मन्त्रीहरू आइतबार अस्ट्रियाको भियानामा भेटवार्ता गर्ने भएका छन् । विश्वका सबैभन्दा शक्तिशाली तेल उत्पादकहरूले थप आपूर्ति कटौतीबारे विचार गर्न मन्त्रीहरूबीच भेटवार्ता हुन लागेको हो ।

थप तेल आपूर्ति कटौती गर्ने कि नगर्ने भनेर विचार गर्न सो बैठक बस्न लागेको हो । गत सेप्टेम्बरको अन्त्यदेखि विश्वबजारमा कच्चा तेलको मूल्य १६ प्रतिशतले घटेको छ । किनभने विश्वको सबैभन्दा धेरै तेल खपत हुने चीन, भारत, अमेरिकालगायतका मुलुकमा तेलको माग घटेको छ ।

विश्लेषकहरूले तेलको उत्पादन कटौतीमा आमूल परिवर्तन गर्नुपर्ने कुनै खास कारण नदेखिएको बताउँदै आएका छन् । साउदी अरेबिया, रुस र ओपेक प्लसका अन्य सदस्यहरूले २०२२ को अन्त्यदेखि नै प्रतिदिन पाँच दशमलव १६ मिलियन ब्यारेल वा दैनिक विश्वव्यापी मागको करिब पाँच प्रतिशत तेल उत्पादन कटौती गर्ने बाचा गरिसकेका छन् ।

तेल उत्पादकहरूले कच्चा तेलको थप आपूर्ति कटौतीबारे विचार गरिरहँदा रुसले भने मूल्यमा राहत पाएको छ । किनभने रुसको ऊर्जा राजस्व बलियो छ र तेलको मूल्य पूर्वानुमान गरिएभन्दा बढी पाइरहेको छ ।

रुसले यस वर्ष आफ्नो प्रमुख तेल ग्रेड युरालको मूल्य चार हजार सात सय ८८ रुबल (५३ दशमलव ३६ अमेरिकी डलर) प्रतिब्यारेलमा राखेको छ । जहाज मालिकहरूमाथि अमेरिकी प्रतिबन्ध, तेलको मूल्य र भाडादरमा भएको वृद्धिका बीच गत शुक्रबार युरालको मूल्य प्रतिब्यारेल ६० अमेरिकी डलरको पश्चिमी मूल्य क्याप स्तरभन्दा तल झरेको छ ।

तर, यो अझै पनि प्रतिब्यारेल पाँच हजार रूबलभन्दा माथि थियो र मंगलबार फेरि प्रतिब्यारेल ६० अमेरिकी डलर नाघेको छ । सेप्टेम्बरमा प्रकाशित बजेट योजनाहरूले अर्को वर्ष ब्रेन्ट कच्चा तेलको मूल्य औसत ८५ अमेरिकी डलर प्रतिब्यारेलसम्म पुग्नसक्ने अनुमान गरिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया