Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य साढे चार प्रतिशत घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य साढे चार प्रतिशत घट्यो


ओपेक प्लस उत्पादकहरुले अप्रत्याशित रुपमा आइतबारको लागि योजना गरिएको बैठकमा ढिलाइ गरेपछि बुधबार कच्चा तेलको मूल्य साढे चार प्रतिशत घटेको छ । तेलको मूल्यमा गिरावट आएपछि ओपेक प्लसमा आवद्ध मुलुकले कच्चा तेलको उत्पादन कटौती गर्नसक्ने सम्भावनाबारे प्रश्न खडा भएको छ ।

बुधबार साँझसम्म ब्रेन्ट क्रुड फ्युचर प्रति ब्यारेल चार डलर घटेर ७८ दशमलव ४४ डलर कायम भएको छ । युएस वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेल पनि चार दशमलव दुई प्रतिशतले घटेर ७४ दशमलव ५१ डलर प्रतिब्यारेलमा झरेको छ ।

ओपेक प्लसले आफ्नो मन्त्रीस्तरीय बैठक नोभेम्बर २६ बाट नोभेम्बर ३० पु-याएको छ । तर बैठक स्थगित हुनुको कुनै खास कारण भने बताएको छैन ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया