Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारप्राविधिक आविष्कारका लागि लगानी बढाउँदै चीन

प्राविधिक आविष्कारका लागि लगानी बढाउँदै चीन


बेइजिङ । चीनको केन्द्रीय बैंक र तीन अन्य सरकारी निकायले देशको प्राविधिक वित्त कार्यलाई सुदृढ र सुधारका लागि थप लगानी बढाउने सम्बन्धमा छलफल गरेका छन् । पिपुल्स बैंक अफ चाइना, विज्ञान तथा प्रविधि मन्त्रालय, चाइना बैंकिङ एन्ड इन्स्योरेन्स रेगुलेटरी कमिसन र चाइना सेक्युरिटिज रेगुलेटरी कमिसनले संयुक्तरुपमा बैठक आयोजना गरेका थिए ।

बैठकमा देशको आविष्कार–सञ्चालित विकास रणनीतिलाई सहयोग गर्ने र प्राविधिक आविष्कारको प्रवद्र्धनका लागि थप वित्तीय स्रोतहरू विनियोजन गर्ने महत्वमा जोड दिइएको थियो ।

दुई प्रमुख क्षेत्रहरू, प्रमुख राष्ट्रिय प्राविधिक कार्यहरू र प्राविधिकमा आधारित साना र मध्यम आकारका उद्यमहरूका लागि आर्थिक सहयोगलाई थप सुदृढ पार्ने वकालत गरिएको थियो ।

विशेषगरी कर्जा, ऋणपत्र, स्टक, बीमा, उद्यम पुँजी र ग्यारेन्टीजस्ता वित्तीय उत्पादन तथा सेवाहरूको विस्तृत दायरा समावेश गर्ने बृहत् र बहुस्तरीय प्राविधिक वित्त सेवा प्रणाली स्थापना गर्ने प्रस्ताव गरिएको थियो ।

प्राविधिक आविष्कारका लागि आर्थिक सहयोग सुदृढ गर्ने हालैका प्रयासहरूले सकारात्मक नतिजा दिएको पनि बैठकले उल्लेख गरेको छ । उदाहरणका लागि, उच्च–प्रविधि निर्माण, विशेष र उन्नत उद्यमहरू, साथै टेक स्टार्टअपहरूलाई ऋण दिने क्रम तीव्ररूपमा बढेको छ । विज्ञान र प्रविधि नवप्रवर्तन बोर्ड (स्टार मार्केट) र बेइजिङ स्टक एक्सचेन्जको सुरुवातले प्राविधिक कम्पनीहरूको लागि प्रत्यक्ष वित्तीय विकल्पहरू पनि सुधार गरेको छ ।

सोमबारको बैठकले प्राविधिक आविष्कारका लागि वित्तीय संस्थाहरूले आफ्नो समर्थनलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ । तिनीहरूले प्राविधिक कम्पनीहरूलाई थप लक्षित, सटिक र प्रभावकारी वित्तीय सेवाहरू प्रदान गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ । यसले प्राविधिक सार्वजनिक सूचना आदानप्रदानमा सुधार गर्न पनि आह्वान गरेको छ र जोखिम रोकथामका साथसाथै नवप्रवर्तनका लागि वित्तीय सहयोगलाई सन्तुलनमा राख्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया