Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा सुरुङमा फसेका ४१ जनाको सकुशल उद्धार

भारतमा सुरुङमा फसेका ४१ जनाको सकुशल उद्धार


भारत  । भारतको उत्तराखण्डको उत्तरकाशीस्थित सिल्क्यराको निर्माणाधीन सुरुङमा १७ दिनदेखि फसेका ४१ जना मजदुरको सकुशल उद्धार भएको छ । उत्तराखण्ड सरकारले सबै कामदारको सकुशल उद्धार गरिएको जनाएको छ ।

उद्धार लगत्तै उनीहरुलाई नजिकैको अस्पताल लगिएको छ । उद्धारकर्ताले ९० सेन्टिमिटर व्यास भएको पाइपबाट उनीहरुलाई बाहिर निकालेका थिए ।

गत नोभेम्बर १३ मा सुरुङभित्र गएको पहिरोका कारण मजदुरहरु सुरुङभित्रै थुनिएका थिए । मजदुरहरुले काम गरिरहेको अवस्थामा सुरुङको मुखदेखि दुई सय मिटरभित्रको भाग भत्किएको थियो । त्यसबेला उनीहरु सुरुङ निर्माणमा संलग्न थिए ।

सुरुङमा थुनिएपछि उद्धारकर्मीहरुले एउटा सानो पाइपमार्फत भित्र फसेका मानिसहरुलाई अक्सिजन, खानेकुरा र पानी पठाइरहेका थिए । गत शुक्रबार नै मजदुरहरुलाई केही घण्टामा बाहिर निकाल्ने खबर पठाइए पनि सुरुङभित्र प्वाल पार्ने उपकरण भाँचिएपछि उद्धारको प्रयास अवरुद्ध भएको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया