Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसांघाई अटो पार्ट्स मेलामा पाँच हजार छ सय कम्पनी सहभागी

सांघाई अटो पार्ट्स मेलामा पाँच हजार छ सय कम्पनी सहभागी


सांघाई । अटोमोटिभ पार्टपुर्जा, उपकरण र सेवा आपूर्तिकर्ताहरूका लागि लक्षित सांघाई अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन स्वदेश तथा विदेशका पाँच हजार छ सयभन्दा बढी कम्पनीहरू सांघाईमा भेला भएका छन् ।

कार्यक्रमको प्रदर्शनी क्षेत्र तीन लाख वर्ग मिटरमा फैलिएको बताइएको छ । संयुक्त राज्य अमेरिका, पोल्याण्ड, जर्मनी, फ्रान्स, स्पेन, इटाली र बेलायतलगायत ४१ देश र त्यस क्षेत्रका व्यावसायिक प्रदर्शकहरू मेलामा सहभागी छन् ।

नयाँ ऊर्जावाहन आपूर्ति शृङ्खलाको वृद्धिलाई ध्यानमा राख्दै, परम्परागत क्षेत्रहरूमा रूपान्तरण र स्तरवृद्धिका अतिरिक्त अन्य थुप्रै अन्तर्राष्ट्रिय अटोमोटिभ बजारका बढ्दो अवसरहरू अन्वेषण गर्न हाल विश्वबजार चीनतिर लम्किरहेको मेस्से फ्रान्कफर्ट (एचके) लिमिटेडका महाप्रबन्धक फियोना चिउले उल्लेख गरेका छन् ।

चाइना अटोमोबाइल म्यानुफ्याक्चर्स एसोसिएसनले जारी गरेको तथ्याङ्कअनुसार चीनको अटोमोबाइल उत्पादन र बिक्री दुवै गत वर्षको सोही अवधिको तुलनामा क्रमशः आठ प्रतिशत र नौ दशमलव एक प्रतिशतले बढेर करिब २४ करोड युनिट पुगेको छ । सो कार्यक्रम १८औँ संस्करणका रूपमा बुधबार सुरु भई डिसेम्बर दुईसम्म चल्ने छ । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया