Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको उत्पादन पीएमआई घट्यो

चीनको उत्पादन पीएमआई घट्यो


बेइजिङ । चीनको उत्पादन क्षेत्रको खरिद प्रबन्धक सूचकांक (पीएमआई) नोभेम्बर महिनाको तुलनामा डिसेम्बरमा घटेको छ । नोभेम्बरमा ४९ दशमलव चार रहेको पीएमआई सूचक डिसेम्बरमा ४९ विन्दुमा झरेको छ । चीनको कारखाना गतिविधिमा संकुचन आएकाले पीएमआई सूचकमा गिरावट आएको चीनको राष्ट्रिय तथ्यांक ब्यूरोले जनाएको छ ।

उत्पादन पीएमआई ठूला कारखाना सञ्चालकहरू बीचको व्यापारिक भावनाको सूचक हो, जसमा ५० विन्दु चिन्ह विस्तार र संकुचनबीचको रेखा हो । विभागका वरिष्ठ तथ्यांकविद् झाओ छिङ्हेका अनुसार डिसेम्बरमा भएको गिरावट केही कच्चा वस्तु उत्पादन गर्ने उद्योगहरूको उत्पादन घटेकाले आएको हो ।

उत्पादन उप–सूचकांक भने ५० दशमलव दुईमा आएको छ । जुन अघिल्लो महिनाको तुलनामा शून्य दशमलव पाँच बिन्दुले घटेको छ, तर अझै पनि ५० अंकको थ्रेसहोल्ड भन्दा माथि छ, जसले उत्पादन तथा उत्पादन गतिविधिहरू अझै कमजोर नरहेको संकेत गर्छ । चीनको गैर–उत्पादन क्षेत्रको पीएमआई भने ५० दशमलव चार विन्दुमा छ । यसले आफ्नो विस्तार कायम राखेको देखिन्छ ।

डिसेम्बर महिनामा हुलाक, दूरसञ्चार र वित्तीय सेवा जस्ता क्षेत्रहरूमा व्यावसायिक गतिविधिहरू क्रमशः विस्तार भएको छ, तिनीहरूको सम्बन्धित उप–सूचकांकहरू ५५ नाघेको तथ्यांक ब्यूरोको तथ्यांकले देखाएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया