Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनले अमेरिकासँगको सिधा उडान बढाउने

चीनले अमेरिकासँगको सिधा उडान बढाउने


बेइजिङ । चीनको नागरिक उड्डयन प्रशासनले सन् २०२४ मा चीन र संयुक्त राज्य अमेरिकाबीचको प्रत्यक्ष उडानमा उल्लेख्य वृद्धि गर्ने दिशामा काम गरिरहेको शनिबार जनाएको छ ।

विश्वका शीर्ष दुई अर्थतन्त्रहरूबीच नियमित, प्रत्यक्ष यात्रु उडानको संख्या प्रति हप्ता ६३ पुगेको छ भने आगामी दिनमा यसलाई थप विस्तारगर्ने योजना समेत बनाएको छ ।

साथै, सन् २०२४ मा चीनले ‘बेल्ट एन्ड रोड’ परियोजना जोडिएका देशहरूसँग हवाई ट्राफिक अधिकारको व्यवस्थालाई सक्रियरूपमा विस्तार गर्नेछ र मध्य एसिया, मध्यपूर्व र अफ्रिकासँगको सहकार्यलाई अझ गहिरो बनाउने उड्डयन प्रशासनले जनाएको छ । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया