Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा महँगी झन् बढ्यो

अमेरिकामा महँगी झन् बढ्यो


वासिङ्टन डिसी । अमेरिकी उपभोक्ता मूल्यहरु डिसेम्बरमा अपेक्षित गरिएभन्दा धेरैले बढेको छ । यसले मार्चमा केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौती गर्नसक्ने सम्भावनालाई न्यून बनाएको छ ।

उपभोक्ता मूल्य सूचकांक (सीपीआई) नोभेम्बरमा शून्य दशमलव एक प्रतिशत बढेकामा डिसेम्बरमा शून्य दशमलव तीन प्रतिशत बढेको छ । श्रम विभागको श्रम तथ्यांक ब्युरोले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार नोभेम्बरमा तीन दशमलव एक प्रतिशत रहेको उपभोक्ता मूल्य सूचकांक डिसेम्बरमा तीन दशमलव चार प्रतिशत पुगेको छ । अर्थशास्त्रीहरुले डिसेम्बरमा सीपीआई शून्य दशमलव दुई प्रतिशत मात्रै बढ्ने प्रक्षेपण गरेका थिए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया