Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारहङकङमा कोरोनाको तेस्रो लहर, विद्यालयहरु बन्द

हङकङमा कोरोनाको तेस्रो लहर, विद्यालयहरु बन्द


हङकङ, असार २८
हङकङमा कोरोनाभाइरसको संक्रमण समुदायस्तरमा फैलिएको पाइएको भन्दै हङकङका सबै विद्यालय बन्द गरिएको छ । शनिबार पनि थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसलाई विज्ञहरुले कोरोनाको तेस्रो लहर सुरु भएको टिप्पणी गरेका छन् । हङकङ सहरका शिक्षामन्त्री केभिन योङले विगत केही दिनदेखि कोरोनाभाइरसको संक्रमण तीव्र भएको देखिएपछि बालबालिकाको सुरक्षाका लागि आगामी सोमबारदेखि विद्यालयहरु बन्द गर्नुपरेको जानकारी दिए ।

आर्थिक केन्द्रका रुपमा चर्चित हङकङमा बिहीबार समुदाय स्तरमा ३४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । तीन महिनाको अवधिमा यतिठूलो संख्यामा पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन् । तर परीक्षाको तयारी गरिरहेका विद्यार्थीले भने परीक्षा दिन पाउने उनले बताए । तर त्यस्ता विद्यार्थीले मास्क लगाउनुपर्ने तथा सामाजिक दूरी कायम गर्नुपर्नेछ ।

हङकङका सरकारी माध्यमिक विद्यालयहरु भाइरस संक्रमण देखिएको भन्दै गत जनवरीमा पनि बन्द गरिएका थिए । नयाँ संक्रमणमा नियन्त्रण कायम गरेपछि विद्यालयहरु गत मे महिनाबाट खुलेका थिए । तर पछिल्लो दुई दिनमा निकै ठूलो संख्यामा संक्रमित भेटिएका अधिकारीहरुले बताएका छन् जसमा एउटा वृद्धवृद्धा राखिने केएर होमका ३२ जना पनि संक्रमित भएका छन् ।

स्थानीय अधिकारीहरुले बिहीबार नै शहरका रेस्टुराँ, बार र फिटनेस केन्द्रमा कति जनासम्म व्यक्ति भेला हुन पाउने भन्ने बारेमा नयाँ नियम घोषणा गरेका छन् । नयाँ नियम अनुसार रेस्टुराँमा एक पटकमा आठ जना तथा पब र रात्रिक्लबमा प्रति टेबल चार जना मात्र बस्न पाइनेछ । (रासस/एएफपी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x