Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारलेबनानमा वित्तीय संकट ५ सय ६० होटल बन्द

लेबनानमा वित्तीय संकट ५ सय ६० होटल बन्द


बेरुत, असार २८
कोभिड–१९ को विश्वव्यापी प्रकोपको कारण पर्यटकहरूको अभावले लेबनानमा कुल ५ सय ६० होटल बन्द भएका छन् । होटेल व्यवसायीहरूको साझा संस्था, ‘सिन्डीकेट अफ होटल आउनर इन लेबनान’ का अध्यक्ष पियरे आश्करका अनुसार लेबनानको पर्यटन क्षेत्रको सफलताको लागि सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने खाडीका पर्यटकहरूको आवागमन नहुँदा हामीले वित्तीय समस्याको सामना गर्नुपरेको छ ।

आशकरले भने, ‘लेबनानमा कोभिड–१९ संक्रमितको संख्या देखिन थालेसँगै युरोपेली संघले लेबनान आउने पर्यटकहरू आउने ढोका बन्द भएको थियो र यो आजसम्म कायम छ ।’ लेबनानले सन् २००९ मा आठ अर्ब ५० करोड र सने २०१० मा नौ अर्ब २० करोठ अमेरिकी डलर आम्दानी गरेको थियो । तर पछिल्ला वर्षहरूमा राजनीतिक स्थायित्व नहुँदा लेबनानमा युरोपबाट आउने पर्यटकको संख्यामा निकै कमी आएको थियो । यसमा पनि गत वर्षको अक्टोबरमा भएको राष्ट्रव्यापी विरोधका कार्यक्रमका कारण संकटमा परेको होटल क्षेत्र महामारीका कारण थप प्रभावित बनेको छ ।

देशका प्रसिद्ध तथा ठूला होटलहरू अल–हब्तोर, मुन्रो र ब्रिस्टल होटलसहित अन्य ५ सय ६० होटलले पूर्णतया बन्द भएका बताइएको छ । पर्यटन संस्थाहरूले यसभन्दा पहिले सरकारले करहरू छुट दिने, कर्जा भुक्तान गर्ने र बिजुली बिलजस्ता सुविधाहरूको लागि आफ्नो सञ्चालनलाई निरन्तरता दिन आग्रह गरेका भए पनि सरकारबाट उक्त सहयोगको प्रतिवद्धता नआएपछि बन्द भएका हुन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x