Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारप्रसिद्ध भारतीय सिने कलाकार बच्चन परिवारलाई नै कोरोना

प्रसिद्ध भारतीय सिने कलाकार बच्चन परिवारलाई नै कोरोना


नयाँ दिल्ली, असार २९
भारतीय सिनेजगत्को उच्च प्रतिष्ठा स्थापित गर्दै विश्व सिनेमा जगतमा चर्चित व्यक्तित्व अमिताभ बच्चनको परिवारलाई कोरोना संक्रमण भएको छ । भारतीय मिडियाका अनुसार उनका छोरा अभिषेक बच्चन, अभिषेकपत्नी तथा चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई पनि कोरोना भएको छ ।

उनीहरू दुवै जनाले आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छुट्टाछुट्टै ट्विटमार्फत पनि शनिबार नै जानकारी गराएका थिए । उनीहरू नानावती अस्पतालको आइसोलेसन वार्डमा भर्ना भई उपचार सेवा सुरू गरिसकेका छन् । अमिताभकी बुहारी ऐश्वर्या तथा नातिनीलाई भने आइतबार कोरोना पोजिटभ भएको समाचारमा जनाइएको छ । उनीहरूलाई संक्रमणको ‘हल्का लक्षण’हरू देखिएको बताइएको छ । संघीय सरकारका स्वास्थ्यमन्त्री हर्षवर्धनले पनि बच्चनद्वय कोभिड–१९ संक्रमित भएको पुष्टि गर्दै भने, ‘७७–वर्षीय अमिताभ र छोरा अभिषेकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।’

भारतको बढी प्रभावितमध्ये एक राज्य महाराष्ट्रको मुम्बईमा शनिबारसम्म कुल ९१ हजार ४ सय ५७ व्यक्ति कोभिड–१९ संक्रमित भएकोमा अझै २२ हजार ७ सय ७९ व्यक्तिले विभिन्न स्थानमा उपचार सेवा लिइरहेका छन् भने आइतबारसम्म पाँच हजार २ सय ४१ व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बच्चनद्वय कोभिड–१९ संक्रमित भएको भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएसँगै फेसबुक र ट्वीटरलागयतका सामाजिक सञ्जालहरूमा उनीहरूको स्वास्थ्यलाभको कामनाका सन्देशहरूले भरिएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x